Stay updated with all the latest announcements and events
बौद्धमोड इङ्ग्लिस बोर्डिङ स्कुल मेचीनगर–२, बौद्धमोड, झापा सूचना आदरणीय अभिभावकज्यू तथा प्रिय विद्यार्थीहरू, विद्यार्थीहरूलाई आधुनिक प्रविधिसँग परिचित गराई डिजिटल सीप विकास गर्ने उद्देश्यले विद्यालयले प्रत्येक आइतबार विशेष "डिजिटलाइजेसन स्पेशल क्लास" सञ्चालन गर्ने निर्णय गरेको जानकारी गराइन्छ। यस विशेष कक्षा कक्षा ५ ,६, ७ र ८ मा अध्ययनरत आफ्नै ल्यापटप भएका विद्यार्थीहरूका लागि मात्र सञ्चालन गरिनेछ। कक्षा सञ्चालन विवरण :- • सुरु हुने मिति: २०८३ श्रावण १७ गते, आइतबार • समय: बिहान १०:०० बजे देखि दिउँसो १:०० बजे सम्म • स्थान: बौद्धमोड इङ्ग्लिस बोर्डिङ स्कुल` • सहभागिता: कक्षा ५ , ६, ७ र ८ का आफ्नै ल्यापटप भएका विद्यार्थीहरू विद्यार्थीहरूले आफ्नो ल्यापटप, चार्जर तथा आवश्यक सामग्री अनिवार्य रूपमा साथमा ल्याउनु पर्नेछ। यस विशेष डिजिटलाइजेसन कक्षा विद्यालयद्वारा पूर्ण रूपमा निःशुल्क (Free of Cost) सञ्चालन गरिनेछ। यस कक्षाका लागि विद्यार्थी वा अभिभावकबाट कुनै पनि प्रकारको शुल्क लिइने छैन। यस कार्यक्रममार्फत विद्यार्थीहरूलाई कम्प्युटर, डिजिटल प्रविधि, प्रोग्रामिङ, इन्टरनेटको सुरक्षित प्रयोग तथा भविष्यका लागि आवश्यक व्यावहारिक डिजिटल सीपहरू सिकाइनेछ। हामी विश्वास गर्दछौं कि यस अवसरको अधिकतम सदुपयोग गर्दै सम्पूर्ण योग्य विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउनु हुनेछ। यस शैक्षिक अभियानलाई सफल बनाउन सम्पूर्ण अभिभावकज्यू तथा विद्यालय परिवारको पूर्ण सहयोग र सकारात्मक सहभागिताको हार्दिक अपेक्षा गर्दछौं। धन्यवाद। बौद्धमोड इङ्ग्लिस बोर्डिङ स्कुल विद्यालय प्रशासन